खोप नलगाएका कर्मचारीलाई निस्काशन गरिने | Khabarhub Khabarhub

खोप नलगाएका कर्मचारीलाई निस्काशन गरिने


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको एउटा कम्पनीले खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ ।

टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो । २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए।

प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ । ’

कर्मचारीहरुको खोप अवस्था याद राख्न कम्पनीले डिजिटल पास प्रणाली प्रयोग गरेको प्रसंगलाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानाकारी दिएका छौं ।’तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने जनाइएको छ । कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४३ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग