दुधको मूल्य छिटो बढाउन किसानको माग « Khabarhub

दुधको मूल्य छिटो बढाउन किसानको माग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनका किसानले दुधको तत्काल मूल्य बढाउन माग गरेका छन्। उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो। दुधको मूल्यमा प्रतिलिटर १५ देखि २० रूपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई तीन रूपैयाँ दिने तयारी गरेको बताइएको छ।

उनका अनुसार हाल दुधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने अध्यक्ष न्यौपानेले बताए।

‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ किसानको पर्ने गरेको छ‚’ उनले भने‚ ‘त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।’ सरकारले तीन वर्षदेखि दुधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दुध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ३५ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०