उल्भ्ससँग आर्सनलको जित | Khabarhub Khabarhub

उल्भ्ससँग आर्सनलको जित


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दस खेलाडीमा सीमित आर्सनलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा गाब्रियल मागाल्हाएसको निर्णायक गोलसंगै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो ।

खेलको ६९ मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली आर्सनलले थप दबाब झेल्नु पर्‍यो । जितसंगै आर्सनल २२ खेलबाट ३९ अंक सहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंकको उल्भ्स आठौं स्थानमा छ ।

बिहीवार राति नै भएको खेलमा डिअगो जोटाको दुई गोलसंगै लेस्टर सिटीबिरुद्द लिभरपुलले २-० को जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी घटाएको हो ।

जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ४२ बजे

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा