ओच्छ्यानमा बसेर खानु हुन्छ ? तुरुन्तै छाड्नुहोस् यो बानी « Khabarhub

ओच्छ्यानमा बसेर खानु हुन्छ ? तुरुन्तै छाड्नुहोस् यो बानी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपयले वास्तुशास्त्र मान्दैनन् । मान्नेहरुले पनि जानअन्जानमा यसको सबै नियमको पालना गर्दैनन् । यस्तोमा भुलवश हुने केही गल्तीले जीवनमा नै असर पारिरहेको हुन्छ ।

जानअन्जानमा मानिसबाट हुने वास्तुका केही गल्तीले मानिसको जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । कतिपयको जीवनमा आर्थिक समृद्धि, सफलता र प्रगति रोकिएको हुन्छ । यसमा वास्तुका नियमको उल्लङ्घन कारक हुन सक्छ ।

यी हुन् वास्तुशास्त्र अनुसार गर्न नहुने गल्ती :

– वास्तु शास्त्र अनुसार ओच्छ्यानमा बसेर खाना खानु हुँदैन । अन्यथा यसो गर्नेको स्वास्थ्यमा समस्या हुनसक्ने र आर्थिक अभाव भोग्नु पर्ने वास्तुको मान्यता छ । यस अलावा ओच्छ्यानमा बसेर खानेहरुले सफलता पाउन संर्घष गर्नुपर्ने वास्तुको मान्यता छ ।

– वास्तु अनुसार रातमा भान्सामा जूठा भाँडाकुडा छाड्नु हुँदैन । अन्यथा धनको हानि हुने वास्तुको मान्यता छ । त्यसैले सुत्नु अघि नै जूठा भाँडा सफा गर्नुपर्ने मान्यता छ । यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने वास्तुको मान्यता छ ।

– वास्तु अनुसार रातमा बाथरूममा बाल्टी भरेर राख्नु हुँदैन । अन्यथा घरमा नकारात्मक ऊर्जाको वास हुने वास्तुको मान्यता छ । तर पानी भरेर भान्सामा बाल्टी राखे यसले आर्थिक स्थिति राम्रो हुने वास्तुको मान्यता छ ।

– वास्तु शास्त्र अनुसार सूर्यास्तपछि कसैलाई पनि दानका रूपमा दही, दूध र नुन दिनु हुँदैन । यसो गर्दा घरमा दरिद्रताको वास हुने र आर्थिक अभाव पनि भोग्नु पर्ने वास्तुको मान्यता छ ।

– घरको ईशान कोणमा पूजा घर बनाउन शुभ हुन्छ । यस अलावा ईशान कोणमा एउटा कलशमा पानी भरेर राखे जीवनमा खुसीयाली आउने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : १५ बजे

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै