सुरक्षामा शंका : बलात्कार अभियुक्तलाई प्रहरीले भगाएको आरोप | Khabarhub Khabarhub

सुरक्षामा शंका : बलात्कार अभियुक्तलाई प्रहरीले भगाएको आरोप


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ।

जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो। पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ। जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए। जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए।

रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन।

‘हामी न्यायको लागी सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे’, पीडित महिलाका देवरले गुनासो गरे।

शुक्रबार के भयो ?

१ बर्षदेखि फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछी स्थानीयहरुले प्रहरीलाइ खबर गरे। गत शुक्रवार आरोपित भनिएका मण्डल भंगाहा नगरपालिकास्थित मेघरौलमा मामाघरमा पनि आए।

शुक्रबार प्रहरीहरु मामाघरमा नै पुगेर मण्डललाई पक्राउ गर्‍यो। उनी पक्राउ परेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको थियो।

तर जब अभियुक्त मण्डल हतकडीसहित भागेको थाहा पाए तब पीडितहरुको घाउ झन आलो बन्यो। वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने बिषयमा प्रहरी कै मत बाझिएको छ।

उनले भने, ‘प्रहरीले मण्डल हतकडीसहित भागेको भनेका छ। तर हतकडी लगाइएको ब्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंका छन्, प्रहरीसँग कुरा गर्दा कहिले हतकडीसहित भागेको भन्छन्, कहिले हतकडी फुकाइदिएपछि भागेको भन्छन्।’

प्रहरीले हत्कडीसहित भागेको दाबी गरे पनि हत्कडी भने प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ। प्रहरीको हतकडीसहित भागेको वा हत्कडी खोलेर भगाइएको विषय यतिबेला महोत्तरीमा चर्चामा रहेको छ।

पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन्।

करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद गर्दा पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नसक्नु र आरोपित मण्डललाई भगाउने चलखेल हुनुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप पीडित पक्षको छ।

घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले समेत प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको दाबी गरे। उनले अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बताए।

प्रहरीले भने घटनालाई ठूलो बनाएर मिडियावाजी नगर्न भन्दै धम्कीका साथै प्रलोभन समेत पार्न खोजेको अडियो समेत प्राप्त भएको छ। घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ।

बोल्न नसक्ने महिला सौच गर्न गएको वेला उखुवारीमा लगेर जवर्जस्त करणी गरेको विभिन्न प्रमाण भए पनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछी धम्की दिँदै कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताए।

प्रहरी के भन्छ ?

प्रहरीले भने जाहेरीपछि सूक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ। अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए। अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए।

अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरि छानिबिन गरेको छ। -न्युज कारखाना

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ३५ बजे

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले

निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको