‘चिसो एस्ट्रे’मा सविनको गीत | Khabarhub Khabarhub

‘चिसो एस्ट्रे’मा सविनको गीत


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’को दोस्रो गीत ‘बाबा पशुपतिनाथ’ सार्वजनिक भएको छ । फिल्मले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो ।

गीतमा सविन राईको स्वर छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द रचना दिनेश पाल्पालीले गरेका हुन् ।

दिनेश पाल्पालीको निर्देशन रहेको फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ३० बजे

खोलामा बगेर बालकको मृत्यु

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल