एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा | Khabarhub Khabarhub

एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।

सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन थालेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने भएको छ। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।

अन्य दल र समूहको पनि प्रदर्शन

एमसीसीविरुद्ध अन्य दल र समूहले पनि प्रदर्शन गर्दैछन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच कम्युनिस्ट पार्टीले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन् ।

‘एमसीसीविरुद्ध जनआन्दोलन-२०७८’ ले पनि बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।

राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४८ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज