२१ र २२ फागुनमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला « Khabarhub

२१ र २२ फागुनमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ ।

आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित भइसकेको बताए ।

उनका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।

अध्यक्ष कोइरालाले वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती काम गर्न मेलाको आयोजना गरिएको बताए ।

संस्थाले २०५९ सालमा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ पहिलो ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ को आयोजना गरेको थियो ।

संस्थाले २०७५ सालमा ‘अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’ आयोजना गरेपछि आयोजना गरेको थियो । त्यसपछि हरेक दुई बर्षमा मेला आयोजना गर्दै आएको संस्थाले २०७६ सालमा पर्यटन वर्ष २०२० सफल पार्न ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना गरेको थियो ।

अध्यक्ष कोइरालाले प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलादेखि दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका पाँच हजार ५०० भन्दा बढी कलाकारहरूले आआफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको दाबी गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ३५ बजे

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्