भारतको नन्दा देवी हिमालमा हराएका ८ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन « Khabarhub

भारतको नन्दा देवी हिमालमा हराएका ८ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दोस्रो ठूलो हिमाल नन्दा देवी (७,८१६ मिटर) मा चढ्न गएका आठ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन गरिएको छ । उनीहरु मे १३ मा नन्दा देवी चढ्न गएका थिए । तोकिएको समयमा उनीहरु नफर्केपछि सर्वत्र चासो भएको थियो । हराइरहेका पर्यटकमध्ये चार बेलायती, दुई अमेरिकी, एक–एक जना अष्ट्रेलियन र भारतीय छन् । अधिकारीहरुले उक्त हिमालमा हिम पहिरो आएको संकेट देखिएको बताएका छन् ।

आकस्मिक उद्धारकर्ता शनिबार त्यसतर्फ गएपनि प्रतिकुल मौसमका कारण उनीहरुले खोजी कार्य बन्द गरेका थिए । उनीहरुको खोजी कार्य हाल भारती वायुसेनाले दुई हेलिकप्टरमार्फत गरिरहेको बीबीसीले जनाएको छ ।

उक्त टोलीको नेतृत्व बेलायती नागरिक मार्टीन मोरनले गरेका थिए । हराइरहेका अन्य बेलायती पर्वतारोहीहरुमा जोन म्याकलेरन, रर्पट वेवेल र रिचार्ड पाइनी रहेका छन् । त्यस्तै, अमेरिक पर्वतारोही एन्थोनी सुडेकम, रोनाल्र्ड बेइमेल छन् भने अष्ट्रेलियन नागरिक रुथ म्याकक्यान्स र भारतीय गाइड चेतन पाण्डे रहेका छन् ।

नन्दा देवी विश्वको २३ औँ अग्लो हिमाल हो भने यसको प्रथम सफल आरोहण सन् १९३६ मा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  २ : ५८ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक