राखेपमा कुलबहादुरलाई कार्यकारी अधिकार | Khabarhub Khabarhub

राखेपमा कुलबहादुरलाई कार्यकारी अधिकार


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुलबहादुर थापालाई कार्यकारी अधिकार दिएको छ।

राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थापालाई सदस्य सचिवको अनुपस्थितिमा प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गरिएको हो।

माघ २४ गते बसेको मन्त्रिपरिषद् निर्णय अनुसार थापालाई प्रशासनिक तथा आर्थिक अधिकार दिएको हो। राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि थापा प्रशासन र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा थिए। थापाले आजै पद वहाली गर्दैछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ०४ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको