वेस्ट इन्डिजबिरुद्ध भारतलाई अग्रता « Khabarhub

वेस्ट इन्डिजबिरुद्ध भारतलाई अग्रता


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ।

बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे ।

भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ७ : ५२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक