आज २०७८ साल फागुन ८ गते आइबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ८ गते आइबारको राशिफल


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ८ गते आइबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ, यस्तो छ आजको फलादेश:

फागुन ८ गते आइतबार
मेष : दिन सामान्य राम्रो छ। आम्दानी हुने देखिन्छ। गरेको लगानी उठ्ने योग रहेको छ। शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र सामान्य रहे पनि राजनीतिक क्षेत्रमा धेरै साथीले हौसला प्रदान गर्नेछन्।

वृष : दिन राम्रो नै भन्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। शरीरमा स्फूर्ती बढ्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा गर्नुहोला। पुराना साथीभाइसँग भेट हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। आज तपाईंले शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। पठनपाठनमा जोश बढ्नेछ। काममा सन्तुष्टि मिल्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। साथीभाइ नकारात्मक भएकाले आर्थिक कारोबार नगर्नुहोला। पठनपाठन भन्दा मनोरञ्जनमा ध्यान जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ। लगानीका लागि आँट भने गर्नुपर्नेछ।

सिंह : आजको दिन सामान्य छ। पैसा आर्जन गर्ने बाटा प्रशस्त छन्। पठनपाठनमा जोश बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा आज धेरै साथीहरुको प्रेरणा मिल्ने योग रहेको छ।

कन्या : दिन निकै राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। बोल्नुपर्ने ठाउँमा आफै अगाडि सरेर बोल्नुहोला। प्रतिस्पर्धी सक्रिय रहेकाले बढी तर्क भने नगर्नुहोला। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। गरेको श्रमले फाइदा हुनेछ। पठनपाठनमा जागर बढ्नेछ। परीक्षामा जुट्नु भएको भए आजको लेखाई राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। दिन सामान्य भए पनि विद्याको क्षेत्रमा प्रगति हुनेछ। कुनै परीक्षाको नतिजा आउने समय भएको भए राम्रो हुनेछ। अध्ययनमा रुची बढ्नेछ। अन्य क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रको लगानीले फाइदा दिनेछ।

धनु : दिन राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। सभा, सम्मेलन र गोष्ठीमा तपाईंको प्रशंसा हुन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

मकर : दिन राम्रो छ। बिहान सूर्यको दर्शन गरेर मात्र खाजा खानुहोला। व्यापार व्यावसायमा फाइदा हुनेछ। वैदेशीक क्षेत्रको लागानीले उल्लेखनीय नतिजा दिनेछ।

कुम्भ : दिन राम्रो छैन। वादविवाद हुने देखिन्छ। यात्रा गर्दा सचेत हुनुहोला। आफन्तसँग जोगिएर व्यवहार गर्नुहोला। अन्य क्षेत्र खराब भए पनि वैदेशिक क्षेत्रको लगानी उठ्नेछ।

मिन : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा राम्रो देखिन्छ। अध्ययनमा जागर बढ्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारमा सुमधुर सम्बन्ध रहने छ। प्रतिस्पर्धी धेरै भएकाले सतर्क भएर व्यवहार गर्नुहोला।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : १० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा