एमसीसी प्रकरणमा शंकर पोखरेलको टिप्पणी– 'तयारीसहित मञ्चन गरिएको भद्दा नाटक' | Khabarhub Khabarhub

एमसीसी प्रकरणमा शंकर पोखरेलको टिप्पणी– ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरूले भद्दा नाटक गरिरहेको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरूबाट ‘तयारीसहित मञ्चन गरिएको भद्दा नाटक’ भएको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् ।

‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

यसअघि, माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने आज सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ५४ बजे

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर (महोत्तरी)- तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख

पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका (तस्बिरहरू) 

पोखरा- पोखरामा विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ

पार्टीमा लाग्नेबारे छलफल भएको छैन : मन्त्री घिसिङ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा

दीपावलीको दियो यसपालि मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ,सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,तर के गर्नु खै!दीपावलीको दियो

अञ्जली दिदीले लगाइदिइन् भाइटीका (तस्बिरहरू)

काठमाडौं– वि‍.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली