पाकिस्तानी प्रधानमन्त्री इमरान अजिंगरको छालाले बनेको चप्पल लगाउँछन् ? « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री इमरान अजिंगरको छालाले बनेको चप्पल लगाउँछन् ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानको लागि चर्चित चप्पल बनाउने व्यक्ति नूरउद्दीन चाचा यसपटक उनका लागि सर्पको छालाबाट बनेको विशेष प्रकारको चप्पल बनाइरहेका छन् ।

यो चप्पल इमरान खानलाई यदको उपहारको रुपमा दिनका लागि तयार गरिँदैछ । नूरउद्दीन चाचाले बीबीसीसँग बताए अनुसार यो चप्पल इमरानका एक जना फ्यानले बनाउन लगाएका हुन् ।  ति फ्यान आफ्ना कप्तानलाई विशेष प्रकारको उपहार दिन चाहन्छन् । नोमान नामका यी व्यक्तिले यसका लागि अमेरिकाबाट सर्पको छाला पठाएका छन् ।

उनको इच्छा छ कि इमरानका लागि सर्पको छालले बनेको चप्पल तयार होस् ।

नूरउद्दीन चाचाले चप्पल तयार गर्न शुरु गरे । उनलाई आशा छ इद भन्दा पहिलो उनी यो चप्पल प्रधानमन्त्री इमरानलाई उपहारको रुपमा पेश गर्न सक्नेछन् ।

‘यो निकै आरामदायी चप्पल हुने छ जसले इमरानलाई गर्मी हुनेछैन । यो चप्पल लगाएर उनी जति काम गरेपनि थाक्ने छैनन् । मलाई आशा छ हाम्रा कप्तानको लागि यो चप्पल निकै मन पर्ने छ ।’

नूरउद्दीन चाचाका ठूला छोला सलामउद्दीनले बीबीसीलाई बताए अनुसार यसपटक उनीहरु जुन चप्पल बनाइरहेका छन् यसलाई विषेश रुपमा तयार गरिँदैछ ।

सलामउद्दीनका अनुसार यो चप्पल बनाउनका लागि चार फिट सर्पको छालाको प्रयोग गरिनेछ ।

यो चप्पल बनाउन कम्तिमा पनि चालिस हजार पाकिस्तानी रुपैयाँ लाग्नेछ । उनका अनुसार यसअघि पाकिस्तानमा सर्पको छालाबाट चप्पल बनाइएको थिएन । हातले बनाउने भएका कारण यो चप्पल बनाउन लामो समय लाग्ने उनको भनाइ छ ।

विश्वमा सर्पको छालाबाट विभिन्न बस्तु तयार गरिन्छ जसलाई शोखिन मानिसले प्रयोग गर्छन् ।

सर्पको होइन अजिंगरको छाला !

अन्तर्राष्ट्रिय बजारमा अजिंगरको छालाबाट बनेको बस्तुको मूल्य हजारौं डलरमा हुने गरेको छ ।

विशेषज्ञहरुका अनुसार यो चप्पल अजिंगरको छालाबाट बनाइँदैछ । किनकी सानो सर्पको छाला कुनै पनि काममा प्रयोग गर्न सकिँदैन । यसकारण ठूलो सर्पको छालाको प्रयोग गरिन्छ जसमा अजिंगर पनि सहभागी हुन्छ ।

यूनिभर्सिटी अफ बाग, पाकिस्तान प्रशासित कश्मीरको पशु विशेषज्ञ प्राध्यापकले सर्पको छालाको तस्वीर देखेपछि यो अजिंगरको छाला भएको दाबी गरे ।

उनका अनुसार पाकिस्तानमा अजिंगर लगभग लोप भएको छ ।  पाकिस्तानमा यस समय कश्मीरको भम्बर जिल्लामा मात्र अजिंगर पाइन्छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : १३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३