सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि « Khabarhub

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ ।

सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६।४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पहिलो सात महिनामा नेपालको कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयत व्यापार ४२।७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्याता व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : १५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान