दाङको तुलसीपुरमा पसलमा आगलागी हुँदा लाखौँको क्षति « Khabarhub

दाङको तुलसीपुरमा पसलमा आगलागी हुँदा लाखौँको क्षति


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् ।

बिहान करिब ३ : ३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए। आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।

उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार रु १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ८ : ५९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद