१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता | Khabarhub Khabarhub

१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय वायुसेनाको एक विमान उडान भरेको केही समयपछि वेपत्ता भएको छ । आसामको जोरहाट एयरबेसबाट सोमबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको एएन–३२ विमान अरुणाञ्चल प्रदेशको मेचुका एयर फिल्ड माथिबाट सम्पर्कविहीन भएको सैनिक अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उडान भरेको करिब ३५ मिनेटपछि वेपत्ता भएको उक्त विमान आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको थियो । उक्त क्षेत्र चीनसँगको सीमाना नजिक रहेको छ । दिउँसो करिब एक बजेको समयमा उक्त विमान अन्तिम पटक सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

विमानमा चालक दलका आठसहित १३ जना सवार रहेको भारतीय सेनाले जनाएको छ । हराई रहेको विमानको खोजीका लागि भारतीय सेनाको सुखोई–३० र सी–१३० विमान परिचालन गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ५४ बजे

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको