१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता « Khabarhub

१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय वायुसेनाको एक विमान उडान भरेको केही समयपछि वेपत्ता भएको छ । आसामको जोरहाट एयरबेसबाट सोमबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको एएन–३२ विमान अरुणाञ्चल प्रदेशको मेचुका एयर फिल्ड माथिबाट सम्पर्कविहीन भएको सैनिक अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उडान भरेको करिब ३५ मिनेटपछि वेपत्ता भएको उक्त विमान आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको थियो । उक्त क्षेत्र चीनसँगको सीमाना नजिक रहेको छ । दिउँसो करिब एक बजेको समयमा उक्त विमान अन्तिम पटक सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

विमानमा चालक दलका आठसहित १३ जना सवार रहेको भारतीय सेनाले जनाएको छ । हराई रहेको विमानको खोजीका लागि भारतीय सेनाको सुखोई–३० र सी–१३० विमान परिचालन गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ५४ बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले