नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव « Khabarhub

नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । बैंकले सातै प्रदेशमा ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

पाँच पटकसम्म Bank of the Year tyf Euro Money Award बाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम-बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन् । यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको छ ।

उक्त अवसरमा आफ्ना अनमोल मार्गदर्शन र निर्देशन प्रदान गर्नुहुने नियामक निकाय, वर्तमान तथा पूर्व सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा शेयरधनी महानुभावहरु र अटल विश्वास गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त रहेकाे जनाएकाे छ ।

बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै समय सापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ०० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान