अन्तर्राष्ट्रिय सम्बन्धमा क्षति भयो, नियन्त्रण गर्न समय लाग्छः एमाले नेता डा. भट्टराई « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धमा क्षति भयो, नियन्त्रण गर्न समय लाग्छः एमाले नेता डा. भट्टराई


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न लामो समय लाग्ने बताएका छन् ।

काठमाडौँमा बुधबार भएको कार्यक्रममा नेता डा. भट्टराईले एमसीसीको विषयमा केही दलका नेताहरूबाट अपरिपक्व क्षमता देखाउने काम भएकाले अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न लामो समय लाग्ने बताएका हुन् ।

उनले यो सम्झौतालाई विवादित बनाउने काम भएकाले भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरू सोच्ने अवस्थामा पुग्न सक्ने बताए ।

समग्रमा यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई दीर्घकालीन रूपमा अगाडि बढाउन ड्यामेज गरेको बताए ।

एससीसीलाई लिएर धेरै गिजोलिने काम गर्नेहरूले यसको जिम्मा लिनुपर्ने पनि उनले बताए ।

नेता भट्टराईले यति ढिलो एमसीसी पारित गर्दा लागत बढ्ने आशंका पनि गरे । उनले अबको चुनौति कार्यान्वयन पक्ष रहेको पनि बताए ।

डा. भट्टराईले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको पनि टिप्पणी पनि गरे ।

उनले युक्रेनमा फसेका नेपालीको उद्धारमा तत्परता नदेखाएको आरोपसमेत लगाए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : १५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल