लोकसभामा २३३ सांसदमाथि आपराधिक मुद्दा, मोदीको पार्टीका मात्रै ११६ जना | Khabarhub Khabarhub

लोकसभामा २३३ सांसदमाथि आपराधिक मुद्दा, मोदीको पार्टीका मात्रै ११६ जना


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको लोकसभाका नयाँ सांसदमध्ये झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ ।

सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म (एडीआर) नामक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार ५ सय ३९ विजयी उम्मेद्वारमध्ये २ सय ३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको छ ।

पार्टीगत रुपमा हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ११६ सांसदमाथि आपराधिक मुद्दा रहेको छ । त्यो उसको कुल विजयी सांसदको ३९ प्रतिशत हो । त्यस्तै कांग्रेसका २९ जना माथि अदालतमा मुद्दा चलिरहेको छ । सबैभन्दा धेरै मुद्दा लागेका सांसद जेडीयूका छन् ।

नितिश कुमारको पार्टीका कूल विजयीमध्य ८१ प्रतिशत अर्थात १० सांसदमाथि आपराधिक मुद्दा छ । त्यसबाहेक डीएमकेका १० जना (४३ प्रतिशत), टीएमसीका नौ जना(४ प्रतिशत) सांसद पनि विभिन्न आपराधिक मुद्दामा मुछिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : २९ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ