सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने ! | Khabarhub Khabarhub

सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा लजास्पद हार व्यहोरेको आम आद्मी पार्टीले राजधानी दिल्लीमा महिलाका लागि नयाँ नियम ल्याउने भएको छ ।

दिल्ली सरकारले दिल्लीका सरकारी बसमा यात्रा गर्ने महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो । दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी, क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने बताएका हुन् ।

उनले भनेका छन् यो नियम दुई देखि तीन महिना भित्र लागू गराइनेछ । कोही पैसा तिरेर यात्रा गर्न चाहन्छ भने केही छैन तर सरकारले महिलाको लागि दिएको यो सुविधा हरेकले प्रयोग गर्न पाउनेछन् ।’

यसका लागि ७ अर्ब देखि ८ अर्बसम्म खर्च लाग्ने बताइएको छ । दिल्लीका सरकारी बसमा हरेक दिन ४० देखि ५० लाख यात्रुले यात्रा गर्ने गर्दछन् । जसमध्ये ३० प्रशित महिला हुन्छन् ।

राज्य सरकारले ल्याएको यो योजनाले साना तथा पुराना गाडी विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्राउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ५३ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने