धरानमा ७५ जनामा डेंगु भेटियो « Khabarhub

धरानमा ७५ जनामा डेंगु भेटियो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरानमा ७५ जनामा डेंगु भेटिएको छ । बैशाख ३० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु निदान भएको ३ साता नपुग्दै डेंगु देखिएको हो । जेठ १९ गते प्रतिष्ठानमा मात्रै १ सय १३ जनामा डेंगु परिक्षण गरिएकोमा ६२ जनामा डेंगु भेटिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुबाट धरान उपमहानगर पालिकाका १५ र ८ वडाका स्थानीय प्रभावित भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उक्त क्षेत्रमा ९ हजार ७ सय १३ जना स्थानीय डेंगुको जोखिममा रहेको महाशाखाले जनाएको छ । यस्तो धरान उपमहानगरपालिकाका ७, ९ र १३ वडामा पनि डेंगु रोग देखिन थालेको महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

महाशाखाले प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि डेंगु नियन्त्रण किट धरान पठाएको लालले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : २२ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ