कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको खानीछापको वडा भवन निर्माण « Khabarhub

कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको खानीछापको वडा भवन निर्माण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो ।

रु ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए । बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको जनाए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको जानकारी दिए। बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, यातायातका हिसाबले विकासको गति लिन थालेको वडाध्यक्ष हुतमानसिं दर्लामीले बताए।

उनकाअनुसार मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ४७ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले