४२ घन्टाअघि हराएको विमान अझै फेला परेन « Khabarhub

४२ घन्टाअघि हराएको विमान अझै फेला परेन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– हराएको भारतीय वायुसेना को विमान एएन–३२ खोज्ने प्रयास जारी छ ।

४२ घन्टा पहिला ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो ।  सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

विमान हराएको ४२ घन्टा भइसकेको छ र विमानको खोजी अझै जारी छ । खराब मौसमका कारण खोजी कार्यमा समस्या आइरहेको छ । स्याटलाइट, स्पाई एयरक्राफ्ट, फाइटर प्लेन, हेलिकोप्टर तथा सेनाका जवानले खोजी जारी राखेका छन् ।

लापता भएको विमानमा आधुनिक एवियोनिक्स, रडार या आपातकालीन लोकेटर ट्रान्समीटर (ईएलटी) थिएन । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । यो विमान यही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गरिएको छ ।

पाँच जिल्लामा खोजी

अरुणाचल प्रदेश का गृहमन्त्री बमांग फेलिक्सका अनुसार पाँच जिल्लाका नागरिक र पुलिस प्रशासनलाई यो सर्च अपरेशनमा सहभागी गराइएको छ ।

जुन क्षेत्रमा विमान हराएको आशंका छ, उक्त क्षेत्र घना वन र दुर्गम रहेको छ । मौसम पनि खराब रहेको र आफूहरु केही खबर प्राप्त हुने आशामा रहेको उनले बताए ।

नौसेनाका प्रवक्ता क्याप्टेन डीके शर्मामा अनुसार तमिलनाडुको अराकोनमा तैनाथ आईएनएस राजालीबाट दिउँसो करीब एक बजे पीडआई विमाने उडान भरेको छ र यो एएन–३२ विमानको खोजी गरिरहेको छ ।

लापता विमानको खोजीका लागि भारतीय वायु सेनाका केही विमान र हेलिकोप्टरले खोजी गरिरहेका छन् । भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) पनि उपग्रहको मदतमा खोजीकर्तालाई सहयोग गरिरहेको छ ।

हराएको विमान अपग्रेड नभएको समाचारहरु भारतीय सञ्चारमाध्यममा प्रकाशन भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : १८ बजे

शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई

बुधबारको विदेशी मुद्राको विनिमय दर: डलरको बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार