संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल « Khabarhub

संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत फागुन ७ गते घोषणा सभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरु बिच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिए ।

 सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिंदै बैठकका सहभागिहरुलाई अध्यक्ष थापाले पार्टीका गतिविधीहरुलाई जनस्तरसम्म पु-याउन निर्देशन दिएका थिए।  

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरुको पहचान गरेर सोही अनुसार निर्वाचनका गतिविधी सञ्चालन गर्न र अन्य राजनीतिक दलहरुसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरि केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागिहरुलाई निर्देश गरेका थिए ।

छोटो समयमा नै भातृ संगठनहरुको केन्द्रीय संरचना निर्माण गर्न सफल राप्रपा नेपालले २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत्र महिनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पु-याउने आक्रमक योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : १३ बजे

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी