रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने  | Khabarhub Khabarhub

रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो ।

छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो । नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनियाँ गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए ।

यसअघि चिनियाँ पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी  चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनियाँ गाडी सामान थपेको हो । अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनियाँ गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनियाँ पक्षले बताएको उनले बताए ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : १७ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी