स्थानीयले बनाए सेभेन साइजको खेलमैदान | Khabarhub Khabarhub

स्थानीयले बनाए सेभेन साइजको खेलमैदान


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल मैदान निर्माण गरेका हुन् ।

स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो ।

भूतपूर्व बेलायती सेना परशुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम परशुराज राई बहुउद्देश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।

स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राई लगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने परशुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ३५ बजे

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन

प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर