जनकपुरधाममा श्री मिथिला महोत्सव हुने « Khabarhub

जनकपुरधाममा श्री मिथिला महोत्सव हुने


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  जनकपुरधाममा श्री मिथिलाका महोत्सव २०७८ हुने भएको छ ।

जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले आगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हाे ।

बुधबार भएको पत्रकार सम्मेलनमा आइडिया पिक्सलले श्री मिथिला महोत्सवलाई भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारलाई सहभागी गराउने पनि जनाएको छ ।

पिक्सलका अध्यक्ष पवनराज जोशीले महोत्सवमा सातै दिन नेपाल, भारत तथा स्थानीय चर्चित कलाकार र गायकको प्रस्तुतिका साथै पहलमानी, अन्य झुला तामासासहित  कार्यक्रमहरू हुने जनाएका छन् ।

महोत्सवमा जनकपुरधामका ठूला, मझौला र साना उद्योगका उत्पादनहरूका स्टलहरू समेत राखिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा औद्योगिक विकास, बजारको प्रबर्द्धनका लागि समेत यस्ता गतिविधिहरू आवश्यक रहेकाले आफूहरू सक्दो सहयोग गर्न लागेको महासेठले बताए ।

नेपालसहित अन्य देशमा पटक पटक इभेन्टहरूको आयोजना गरिसकेका आइडिया पिक्सलले पहिलो पटक जनकपुरमा यस्तो कार्यक्रम गर्न लागेको हो ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ०५ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी