कमलपोखरीको उद्घाटन सम्पन्न « Khabarhub

कमलपोखरीको उद्घाटन सम्पन्न


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो चरणको काम सम्पन्न भएपछि आज कमलपोखरीको उद्घाटन भएको छ ।

कमलपोखरी पुननिर्माण गुरु योजना अनुसार दुई चरणमा पुननिर्माण हुँदैछ । पहिलो चरणको काम सकिएपछि आज साँझ  काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले पोखरीको उद्घाटन गरेका हुन् ।   

पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि धनञ्जय कँडेल जेभी रानीबारीले रु छ करोड ३६ लाख ५९ हजार ६०४ मा जिम्मा पाएको थियो ।

 विसं २०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले २०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोभिड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुनःनिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो ।

 पोखरी उद्घाटन पछि प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरिएको जानकारी दिए  । 

काठमाडौं महानगरपालिका १ का  वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी वडा नं १ को शान र पहिचान हो भन्दै अब यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका थिए ।

पुनःनिर्माणका क्रममा २०७७ चैत मसान्तसम्ममा करिब साढे दुई करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी सकंलनजस्ता प्राकृतिक प्रविधि र बाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।

पोखरी वरिपरि ठूलाठूला ढुङ्गा छापेर सिँढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ ।

यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न कलात्मक सिँढी बनाइएका छन् । कमल रोप्नका लागि चार कुनामा सानासाना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौतारा बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य तीन कुनामा प्रवेशद्वार बनाइएको छ ।

पुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो ।

दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बिट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुला शारीरिक व्यायाम स्थल, ब्याडमिन्टन र बास्केटबल कोर्ट लगायत संरचना बनाइनेछ । पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते प्रमुख शाक्यले नै शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ०२ बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद