स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह « Khabarhub

स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् ।

‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उनले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।

उपराष्ट्रपतिले यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे। काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा भोलिपल्ट भव्यरूपमा मनाइने होली पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् । उपराष्ट्रपतिले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : २५ बजे

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी