युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल अन्तिम आठमा | Khabarhub Khabarhub

युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल अन्तिम आठमा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् ।

घरेलु मैदान टुरिनमा भएको दोस्रो लेगमा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बुधबार राति भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २-१ अन्तरले हरायो । पहिलो लेगमा २-० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४-१ को जित हात पार्यो ।

दोस्रो लेगको खेलमा चेल्सी १-० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो ।

लिलको लागी बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा चेल्सीका लागि क्रिश्टियन पुलिसिक र कप्तान सेसर एपिलिकुएटा गोल गरे।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : २१ बजे

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक

रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन

नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम

साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ