आरन व्यवसाय बिस्तारै लोप हुँदै « Khabarhub

आरन व्यवसाय बिस्तारै लोप हुँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

पुर्खौँदेखि चल्दै आएको यस व्यवसाय बजार मै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरो जस्ता हतियार बिस्तारै लोप हुँदै गएको मर्स्याङ्दी गाउँपालिका ५ छिचुका ६१ वर्षीय सन्त कामी बताउँछन् ।

‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधन पाँइदैन्थ्यो केही खर्च दिएर हँसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् ,बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समय परिवर्तनसँगै बिस्तारै गाउँघरमा परम्परागत रुपमा चलिआएका पेसा पनि लोप हुने स्थितिमा रहेको छिचुका ७८ वर्षीय हर्कबहादुर विक बताउँछन् ।

यस्ता पुराना पेसालाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङ्दी गाउँपालिका-५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँघरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ ।

पुर्ख्यौली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मर्स्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ । ‘मैले बुबासँग हँसिया, बन्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ,’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीको रूपमा लिँदै आएको छु ।’

पहिले-पहिले यसै पेसाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हँसिया, बन्चरो बनाउँदा बर्सेनि एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए ।

एउटा हसियाँको ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले हँसिया बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेसा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : ५९ बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर