होलीको रंगमा रंगिए कलाकार (फोटोफिचर) « Khabarhub

होलीको रंगमा रंगिए कलाकार (फोटोफिचर)


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागु पूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिनबिहिबार मनाइ रहेको छ ।

सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्वलाई यसपटक विशेष रुपमा मनाईंदै छ । यसअघिका २ वर्षमा कोरोना भाइरस महामारीका कारण नेपाल सरकारको सुरक्षासम्बन्धि मापदण्ड भएको कारण अहिले होली रंगमा रमाउनेका लागि खास छ ।

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । फागु पूर्णिमा अर्थात् होली पर्व बिहीबार काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । विभिन्न होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।

सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ तथा अविर दलेर होली मनाइ रहेका छन् । आज बिहानैदेखि होलीमय देखिएका छन् , सामाजिक सञ्जालहरु । केहि कलाकारहरुले समाजिक सञ्जाल मार्फत होली मनाएको तस्वीरहरु सार्वजनिक गरेका छन् । दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, संचिता लुइँटेल, एलिजा गौतम लगायतले रङ दलेर फागु पर्व मनाएका तस्वीर सेयर गरेका छन् ।

 

विगतमा करिश्मा मानन्धर, छवि ओझासहितका कलाकार र निर्माताले होली कार्यक्रम आयोजना गर्ने गरिएपनि कोरोना भाइरसको महामारी पछिको समयमा भने त्यस्तो छैन । यसपटक मण्डला थिएटरले कलाकारका लागि होली कार्यक्रम आयोजना गरेको जनाएको छ ।

तस्वीर: कलाकारहरुको फेसबुकबाट

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : ०१ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर