लमजुङमा पर्यटकले मनाए होली « Khabarhub

लमजुङमा पर्यटकले मनाए होली


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सदरमुकाम बेसीशहरमा पर्यटकहरूले रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् ।

फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताइन् । उनले भनिन्, ‘आफूले दुई तीन वर्षदेखि नेपालीहरूसँगै रङ दलेर होली मनाउँदै आएकी छु ।’ नेपालीले मनाउने होली पर्व पछिल्लो समय विदेशी पर्यटकले पनि मनाउन थालेको बेसीशहरका दिपक तिमिल्सिना बताउँछन् ।

उनी भन्छन्, ‘यसवर्षको होली विदेशीसँग पनि रङ दलेर एकआपसमा शुभकामना साटेर मनाउन पाइयो । अन्नपूर्ण पदमार्गमा अहिले दैनिक ३०/४० जना विदेशी पर्यटक घुम्न आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : ५२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर