श्रममन्त्री श्रेष्ठ र सिसेल्सका मन्त्रीबीच भेटवार्ता « Khabarhub

श्रममन्त्री श्रेष्ठ र सिसेल्सका मन्त्रीबीच भेटवार्ता


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अफ्रिकी मुलुक सिसेल्सका समकक्षीसहितसँग भेटवार्ता गरेका छन् ।

सिसेल्सको भ्रमणमा रहेका मन्त्री श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिक फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल र सिसेल्सबीचको श्रम सम्झौता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा परामर्श भएको छ ।

भेटमा एक महिनाभित्र श्रम सम्झौतालाई टुङ्गोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठ कतार, यूएई र सिसेल्सको भ्रमणमा रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ३५ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर