मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुस लगियोः युक्रेन « Khabarhub

मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुस लगियोः युक्रेन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ ।

युक्रेनी बन्दरगाह सहर मारिओपलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ ।

रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बिरहरूमा देखिएको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् ।

रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ ।

तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय  बेसमेन्ट र बंकरमा लुकेका छन् ।  पिउने पानी, खाना र औषधिको चरम अभाव छ ।

मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ ।

तुलनात्मक रूपमा मारिओपोलका थोरै नागरिकहरू दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ०१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने