मुसलमानलाई कश्मीर उपहार दिन सकिन्नः शिवसेना « Khabarhub

मुसलमानलाई कश्मीर उपहार दिन सकिन्नः शिवसेना


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– मुसलमानहरुलाई उपहारका रुपमा कश्मीर नदिइने शिवसेनाले उद्घोष गरेको छ ।

शिवसेनाको मुखपत्र सामनाले सम्पादकीय लेख्दै कुनै पनि हालतमा मुसलमानहरुलाई कश्मीर उपहारका रुपमा नदिइने उद्घोष गरेको हो । सामनाको सम्पादकीयमा लेखिएको छ, ‘कश्मीरमा कुल जनसङ्ख्याको ६८.३५ प्रतिशत मुसलमान छन् भने २८.४५ प्रतिशत हिन्दुहरु छन्, यसको मतलब मुसलमानहरुलाई कश्मीर उपहारका रुपमा दिइन्छ भन्ने होइन ।’

सामनाको सम्पादकीयमा मुसलमानहरु पनि भारतीय नागरिक नै रहेकाले मुलुकको कानून उनीहरुमा पनि लागू हुने उल्लेख छ । सामनाले भारतीय संविधानको अनुच्छेद ३७० अनुसार कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा समेत फिर्ता गर्नुपर्नेमा जोड दिएको छ ।

शिवसेनाको मुखपत्र सामनाको सम्पादकीयमा नवनियुक्त गृहमन्त्री अमित शाहले जम्मू कश्मीरमा निर्वाचन क्षेत्रको सीमा निर्धारणको विषयलाई उठान गरेकोमा पनि प्रसंशा गरिएको छ । गृहमन्त्री शाहले केही दिन अघिमात्र राज्यका गभर्नर सत्यपाल मलिक, जासुसी व्यूरोका प्रमुख तथा गृहमन्त्रालयका वरिष्ठ अधिकारीसँग कश्मीरका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ०५ बजे

लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

म्याग्दी– अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट