कश्मीरमा भएको झडपमा २ भगौडा सैनिकसहित ४ को मृत्यु | Khabarhub Khabarhub

कश्मीरमा भएको झडपमा २ भगौडा सैनिकसहित ४ को मृत्यु


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारत प्रशासित कश्मीरमा भएको झडपमा दुई पूर्व सैनिकसहित ४ लडाकु मारिएका छन् ।

कश्मीरको पुलावामामा सुरक्षाकर्मीले गरेको कारबाहीपछि भएको झडपमा ४ लडाकु मारिएका हुन् । भारतीय सञ्चारमाध्यमले ज्यान गुमाउनेमा २ जना अर्धसैनिक बलका पूर्व सुरक्षाकर्मी समेत रहेको जनाएका छन् । उनीहरु केही समयअघि भागेर स्थानीय लडाकु समूहमा भर्ना हुन गएको बताइएको छ ।

इदका दिन विदापछि दुई सुरक्षाकर्मीले हाजिर नगरेपछि उनीहरु हातहतियारसहित भागेर लडाकु समूहमा भर्ना हुन गएको आशंका गरिएको थियो ।

गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी कश्मीरमा भएको बम आक्रमणपछि कश्मीरमा सेनाको कारवाही चर्किँदै गइरहेको छ ।

मारिनेहरु पाकिस्तानमा रहेर कश्मीरमा आक्रमण गर्दै आएको अतिवादी इस्लामिक समूह जैश ए मोहम्मदका लडाकु रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : २० बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको