मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक आगामी बुधबार « Khabarhub

मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक आगामी बुधबार


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल अन्तर्गत नयाँ मन्त्रिरिषद्को पहिलो बैठक आगामी बुधबार बस्ने भएको छ ।

मोदीको नयाँ कार्यकालको पहिलो बैठक जुन १२ अर्थात् आगामी बुधबार बस्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो बैठकमा नयाँ सरकारले आगामी पाँच वर्षे कार्यकालको लक्ष्य निर्धारण गरी योजना अघि सार्ने जनाइएको छ ।

यसअघि नै मन्त्रीहरुलाई आगामी पाँच वर्षसम्म आफुले गर्ने प्रमुख कामको प्रारम्भीक योजना बनाउन निर्देशन दिइएको थियो ।

भारी बहुमतबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मे ३० का दिन सपथ ग्रहण गरेका थिए । सपथ ग्रहणको भोलिपल्टै उनले आफ्ना मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

सपथ ग्रहणका दुई सातापछि मोदीले मन्त्रीपरिषद्को पहिलो बैठक डाकेका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ४१ बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले