मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभूषित « Khabarhub

मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभूषित


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन् ।

राष्ट्रपति भवनमा आज भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेकी हुन् ।

मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारीसमेत दिएको छ ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् ।

३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमासमेत काम गरिसकेकी छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ४० बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा