धनगढी कांग्रेसको मेयरमा पुनः वड उम्मेदवार « Khabarhub

धनगढी कांग्रेसको मेयरमा पुनः वड उम्मेदवार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ ।

हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौँ ।’

विसं  २०७४ सालमा मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारी टुंगो लगाएको  छैन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ३८ बजे

रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना