तनहुँमा प्रमुख पदमा ६ महिलाको उम्मेदवारी दर्ता « Khabarhub

तनहुँमा प्रमुख पदमा ६ महिलाको उम्मेदवारी दर्ता


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक-एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छन् । उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी थिइन्।

यसैगरी व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उम्मेदवारी दर्ता गराइन्।

नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट अञ्जना थापाले उम्मेदवारी दर्ता गराएकी छन् । व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी परेको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट सुशीला नेपालले उम्मेदवारी दर्ता गराइन् ।

कांग्रेसले सत्तारुढ दलसँग तीन स्थानीय तहमा गठबन्धन गर्दा उक्त स्थानीय तहको प्रमुख-उपप्रमुखमा महिलाले नेतृत्व गर्ने अवसर गुमाएका छन् । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उम्मेदवारी परेको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उम्मेदवारी परेको छ ।

कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : ३३ बजे

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान