ओलीले देश र जनतालाई लुट्ने काम मात्र गरेः अध्यक्ष नेपाल « Khabarhub

ओलीले देश र जनतालाई लुट्ने काम मात्र गरेः अध्यक्ष नेपाल


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको सरकारले देश लुट्ने र जनतालाई दुःख दिने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेकपा एकीकृत समाजवादी र नेकपाबीच भएको एकता कार्यक्रममा अध्यक्ष नेपालले केपी ओली प्रधानमन्त्री हुँदा यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको, ओम्नी प्रकरणमा जनतालाई लुट्ने जस्ता कामहरू मात्र गरेको आरोप लगाएका हुन् ।

ओलीले जनतालाई दुःख दिने काम मात्र गरेको पनि उनले आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले देश र जनतालाई सेवा दिने र सुख दिने काम आफूहरू गरेको दाबीसमेत गरे ।

आफूहरूले सम्पतिको सदुपयोग हुनुपर्छ भन्दाखेरि ओलीले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याउने काम गरेको पनि उनको आरोप छ ।

गफमा ओली अगाडि र काममा आफूहरू अगाडि रहेको भन्दै अध्यक्ष नेपालले आफूहरूले निष्ठाको राजनीति गरेको पनि बताएका थिए ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : १५ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६