ओलीले देश र जनतालाई लुट्ने काम मात्र गरेः अध्यक्ष नेपाल « Khabarhub

ओलीले देश र जनतालाई लुट्ने काम मात्र गरेः अध्यक्ष नेपाल


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको सरकारले देश लुट्ने र जनतालाई दुःख दिने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेकपा एकीकृत समाजवादी र नेकपाबीच भएको एकता कार्यक्रममा अध्यक्ष नेपालले केपी ओली प्रधानमन्त्री हुँदा यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको, ओम्नी प्रकरणमा जनतालाई लुट्ने जस्ता कामहरू मात्र गरेको आरोप लगाएका हुन् ।

ओलीले जनतालाई दुःख दिने काम मात्र गरेको पनि उनले आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले देश र जनतालाई सेवा दिने र सुख दिने काम आफूहरू गरेको दाबीसमेत गरे ।

आफूहरूले सम्पतिको सदुपयोग हुनुपर्छ भन्दाखेरि ओलीले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याउने काम गरेको पनि उनको आरोप छ ।

गफमा ओली अगाडि र काममा आफूहरू अगाडि रहेको भन्दै अध्यक्ष नेपालले आफूहरूले निष्ठाको राजनीति गरेको पनि बताएका थिए ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : १५ बजे

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को