कराते टोली चेक रिपब्लिक प्रस्थान « Khabarhub

कराते टोली चेक रिपब्लिक प्रस्थान


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ ।

जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् ।

उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ४० बजे

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच