रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी « Khabarhub

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बूढा भारी मतान्तरले विजयी भइसकेका छन् । चौध वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएकवटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ । 

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ । यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बूढा निर्वाचित भएका छन्। नौवटा वडा रहेको यस पालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ मा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानल नै विजयी भएका छन् ।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मी निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित भएका छन् । आठवटा वडा रहेको यस गाउँपालिकामा माओवादीले चारवटा वडा जितेको छ भने एमालेले तीनवटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : २९ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,