काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ  | Khabarhub Khabarhub

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बुढानीलकण्ठ र तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बुढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्बु लगायत ६ जना छन् । उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी तारकेश्वर नगरपालिका–५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ०७ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले