समीक्षा : प्राविधिक रुपमा बलियो तर पटकथा कमजोर 'रन वे ३४'  | Khabarhub Khabarhub

समीक्षा : प्राविधिक रुपमा बलियो तर पटकथा कमजोर ‘रन वे ३४’ 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अजय देवगणले आफूलाई अभिनेतासँगै निर्माता र निर्देशकको रुपमा समेत अगाडि बढाइरहेका छन् ।

सन् २००८ यता उनी निर्देशकको भूमिकामा पनि देखिएका हुन् ‘यु मि और हम,’शिवाय’ हुँदै उनको तेस्रो फिल्म ‘रन-वे ३४’ उनले निर्देशन गरिसकेका छन्। सत्य घटनामा आधारित रहेको भनिएको फिल्ममा सन् २०१५ मा जेट एयरवेजको दोहा-कोची फ्लाइटले भिजिबिलिटी कम हुँदा ब्यहोर्नुपरेको दुःखलाई देखाइएको छ। अजयको निर्देशन रहेको फिल्ममा पाइलट विक्रान्त खन्नाको भूमिकामा उनी स्वयम् छन् । फिल्ममा अमिताभ बच्चनले नारायण वेदान्त, राकुल प्रीत सिंहले तान्या, आकांक्षा सिंहले समाइरा खन्ना, बोमन इरानीले निशान्कोत सुरीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको यिनै पात्रको वरपर घुमेको छ । फिल्ममा अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् । उनी आफ्नो अनुभवबाट गरेको कामले अरुलाई प्रभाव छाड्छन् । उनीसँग काम गर्न हरेक को-पाइलट चाहन्छन् । यद्यपि यिनको आफ्नै संसार छ । उनकी पत्नी समिरा र छोरी छिन् । विक्रान्त दोहा पुगेका छन् । एक दिन रेस्टको समय पाएका अजयलाई साथीले फोन गर्छन् । बिदामा ‘मस्ती’ गर्ने मुडका साथ अजय पनि पार्टीमा सामेल हुन्छन् । यद्यपि छिटै उनकै घर पनि पुग्नु छ । किनकी उनको छोरीको जन्मदिन आउँदैछ । बिहानसम्म पार्टीमा रहेका अजयले आफूलाई फ्रेस बनाउन निकै प्रयास गर्छन् । यद्यपि उनको अन्य दिनको जस्तो स्फूर्ति विक्रान्तमा छैन । 

युएईको दोहाबाट भारतको कोची फ्लाइट ल्याउने क्रममा उनको भेट को- पाइलट तान्यासँग हुन्छ । विक्रान्तको कामबाट प्रभावित भएकी तान्याले  सुरुमा कामप्रति गम्भीर देख्दिनन् । यद्यपि विक्रान्तले देखाउने आफ्नो व्यवहारले उनलाई प्रभावित बनाउँछ । तान्या विक्रान्तको ट्यालेन्टले झनै प्रभावित हुन्छिन् । यद्यपि विक्रान्त फ्रेस छैनन् । उनी १ सय ५० यात्रुलाई लिएर उडान गर्छन् । मौसम सम्बन्धी पाएको जानकारीको आधारमा उडान भर्दै गर्दा भिजिबिलिटी निकै कम हुन्छ । स्काईलाइन ७७७ विमान लिएर उडेका विक्रान्तले आफूलाई फ्रेस राख्न हरप्रयास गर्छन् । त्यसैले गर्दा उडान भर्ने बित्तिकै उनी निदाउँछन् । उनले केही समय आराम गर्ने भनेका हुन्छन् । 

तर, मौसम बिग्रिएपछि उनले रेस्ट गर्न पाउदैनन् । बिग्रदो मौसमका कारण उनको फ्लाइट डाइभर्ट गर्नु पर्ने हुन्छ । यद्यपि विक्रान्त सोही एअरपोर्टमा ल्याण्ड गर्न केही समय प्रतीक्षा गर्छन् । फ्युल कम भएपछि तान्याकै आग्रहमा नजिकैको एअरपोर्ट कोचीमा ल्याण्ड गर्न अजय सहमत हुन्छन् । फ्युललाई मध्यनजर गर्दै अजयले प्लेनलाई कोची तर्फ मोडछन् । किनकी स्थानीय एटिसीले त्यहाँ भिजिबिलिटी रहेको जानकारी दिएको हुन्छ । यद्यपि त्यहाँ पुग्ने समयमा कोची एअरपोर्टको एटिसीले प्लेनलाई मौसम अपडेट गराउदैनन् । त्यसकारण कोची पुगेपछि भिजिब्लिटी निकै कम हुन्छ । फ्युल नभएका कारण एटिसीले ल्यान्डिङ गर्न नहुने बताउँदा बताउँदै पनि ल्याण्ड गर्ने बाध्यता हुन्छ । 

विक्रान्तले फ्युल नभएपछि प्लेन ल्याण्ड गर्ने तयारी गर्छन् । भिजिबिलिटी नभएको एअरपोर्टमा उनले ‘रन वे ३४’ रोज्छन । र, त्यहाँ ल्याण्ड गर्छन् । प्लेन ल्याण्ड त हुन्छ तर निकै दुखले । एअरपोर्ट खाली भएकाले फोर्स ल्यान्डिङमा कुनै घटना हुदैन । विक्रान्त पुनः आफ्नो बहादुरीका कारण हिरो बन्छन् । यद्यपि छानविनको लागि आयोग गठन हुन्छ । जसलाई नारायणले लिड गरिरहेका हुन्छन् । उनी इमानदार अफिसर मात्र होइनन्, घटनाक्रमलाई नजिकबाट नियाल्ने उनको छुटै खुबी छ । अजयले अघिल्लो दिन पार्टी गरेर फ्रेस नभएकै कारण प्लेन दुर्घटना हुन् सक्ने आरोप सहित अजय सहित को-पाइलट तान्यालाई तानिन्छ । त्यसपछि सो घटनाका लागि विक्रान्त दोषी हुन्छन् ? वा हुदैनन् ? यसका लागि भने फिल्म नै हेर्नु पर्नेहुन्छ । विक्रान्तले ‘रन वे ३४’ मै किन ‘फोर्स ल्यान्डिङ’ गर्छन् ? उनले ड्रिंक्स गरेका हुन्छन् ? यी सब प्रश्नको जवाफ फिल्मले मात्र दिन्छ । 

फिल्मलाई अजयले निर्देशकको रुपमा टेक्निकल्ली पनि बलियो बनाएका छन् । यद्यपि उनले घटेको घटनालाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । यसले रियालिटी रुचाउने दर्शकलाई कहीँ कतै नतान्न सक्छ । पछिल्लो समय ओटीटीमा कन्टेन हेरिरहेका दर्शकलाई कथा र घटनाक्रम सामान्य लाग्न सक्छ । किनकी ओटीटीमा आइरहेका सिरिज वा फिल्ममा इस्युलाई गहिराइसम्म देखाउने गरिएको छ । यहाँ ठुलो पर्दा र समयको पावन्दीका कारण पटकथामा अजय चुकेका छन् । कोरोना महामारी पश्चातको समय र दर्शकमा यो फिल्मले ज्यादै होल्ड गरेर कौतुहलता जगाउन सक्दैन । 

यो फिल्म हेरिरहँदा अर्जुन रामपाल अभिनीत ‘द फाइनल कल’ सिरिजको याद आउँछ । जहाँ एक पाइलटको जीवनलाई निकै गहिराइ पूर्वक देखाइएको छ । अजयले फिल्मलाई प्राविधिक रुपमा बलियो बनाएका छन् । फिल्ममा देखिने कलाकारहरूको अभिनय दमदार छ । सबैले आफ्नो भूमिकालाई जीवन्त बनाएका छन् । फिल्ममा देखिने प्रमुख पात्रहरूको भूमिका जीवन्त छ । यसैगरी फिल्मलाई सरल किसिमले बनाइएको छ । यसलाई बुझ्न सहज छ । फोर्स ल्यान्डिङको स्टोरी रहेको फिल्मलाई बुझ्न ज्ञान चाहिदैन । फिल्मले दर्शकलाई सहजै कथा बुझाउँछ । तर, कथा र स्क्रीनप्लेलाई सुक्ष्म रुपमा बुझ्न खोज्ने दर्शकलाई भने यसले निराश बनाउँछ । पछिल्लो फिल्म शिवायको लम्बाइका कारण चिन्तित बनेका अजयले यसपटक लम्बाइ घटाउँदा कथालाई ‘फील’ गर्ने समय मिल्दैन ।

अमिताभले आफ्नो भूमिकालाई दमदार बनाएका छन् । उनलाई दिएको भूमिकामा उनी ‘पर्फेक्ट’ छन् । यद्यपि उनको स्क्रीन स्पेस धेरै छैन । उनी छानविन सुरु भएपछि मात्र फिल्ममा देखिन्छन् । बोमन इरानी, अंगिरा धर लगायतले आफ्नो छोटो भूमिकालाई राम्रोसँग निर्वाह गरेका छन् । अजयले पछिल्लो समय आफूलाई ‘सोसल इस्यु’ मा बेस्ड फिल्ममा अगाडि ल्याइरहेका छन् । यद्यपि उनको निर्देशकीय शैली हेर्दा ‘शिवाय’ जस्ता फिल्ममा ज्यादा फिट छन् । फिल्ममा थ्रिलर लय राम्रोसँग समातेका अजयले पात्रसँग दर्शकलाई कनेक्ट भने गर्न सकेका छैनन् । यो नै उनको कमजोरी हो । 

प्राविधिक रुपमा फिल्मलाई बलियो बनाउँदा अजय पटकथामा खरो उत्रिन सकेका छैनन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ४ : ४२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर