नेप्से परिसूचकमा सुधार आउन सकेन | Khabarhub Khabarhub

नेप्से परिसूचकमा सुधार आउन सकेन


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌–शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड आठ हजार ५९२ बरारबको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ४६ लाख ४२ हजार ५६०, प्रभु बैंक रु दुई करोड ३३ लाख छ हजार ६१४, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ७४ लाख, नेपाल बैंक लिमिटेड रु एक करोड ५९ लाख ६३ हजार ५४७, एनआइसी एसिया बैंक रु एक करोड ४३ लाख ६६ हजार ५११ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ३१ लाख चार हजार ४०५ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : ३२ बजे

शिक्षामन्त्रत्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट