वालिङ बजारका मुख्य चोकमा सिसी क्यामेरा जडान « Khabarhub

वालिङ बजारका मुख्य चोकमा सिसी क्यामेरा जडान


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो । नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ ।

वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। ‘वालिङ बजारलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिरहेका छौँ’, उनले भने ।

वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताए । यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सिसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो । मुख्य–मुख्य चोकमा सिसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ५० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि