लघुवित्तलाई मर्जरका लागि तयार रहन गभर्नर डा. नेपालको आग्रह « Khabarhub

लघुवित्तलाई मर्जरका लागि तयार रहन गभर्नर डा. नेपालको आग्रह


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउनका लागि आर्थि टेवा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई पटक पटक आग्रह गर्दै आएको छ । गभर्नर नेपालले असारभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको स्थापना गरिसक्नु पर्ने भएकाले मर्जरका लागि तयार हुनुपर्ने उदघोष गरेका थिए ।

७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था पुगिसकेको र बाँकी स्थानीय तहमा असारभित्रै बैंक तथा वित्तिय संस्था पुर्‍याउने बैकको योजना रहेको गभर्नर नेपालले जानकारी गराएका थिए ।

समस्यामा परेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर नीतिले ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ५२ बजे

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर